राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको छ : अध्यक्ष ओली

काठमाडाैं | फागुन २०, २०७९

राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको छ :  अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउनेलाई बुद्धिजीवीले  भ्रमजालबाट मुक्त बनाउनुपर्ने धारणा राखेका हुन्।

 

ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भने जनतालाई चेतनाको स्तर कहाँ छ भन्ने मूल्याङ्कन गर्नुपर्ने र जनतामा जागरण ल्याउनुपर्ने बताए। उनले राजनीतिमा हरेक प्रणाली गाँसिएको हुने बताए। 

 

सामाजिक परिवर्तनका विरोधीहरु जनता अल्मल्याउन सफल हुँदा एमालेले हार्नुपरेको उनको भनाई छ। उनले भने,‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन्। उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस्।’

 

ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताए। उनले एउटा लेख लेखेपछि अरुको लागि प्रेरणादायी हुने र विचार प्रवाह हुने उल्लेख गरे। विचारसँग नकरात्मक टिप्पणी आए नआत्तिन आग्रह गर्दै उनले भने, ‘गलत प्रवृत्तिविरुद्ध निरन्तर लाग्नुहोस्।’ओलीले बिना मेहनत, बिना संघर्ष कोहीपनि विजेता बन्न नसक्ने धारणा राखे।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्